Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुट बदल्दा हरिविजोग

काठमाडौं, नेपालीमा एउटा उखान छ, चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।

अवसरलाई मात्रै अर्जुनदृष्टि बनाएर हिँड्नेहरुलाई लक्ष्य गरेर बनाइएको यो उखानले संकेत गर्न खोजेजस्तै नियम राखेर हिँड्दा प्रजातन्त्र, समाजवाद र लोकतन्त्रको वकालत गर्ने पार्टी नेपाली कांग्रेसका केही नेताको अवस्था भने उखानमा चित्रण गर्न खोजेको पात्र जस्तै हुन पुगेको खबर साँघु साप्ताहिकमा प्रकाशित भएको छ।

स्रोतका अनुसार, सुशील कोइराला नेतृत्वको सरकार बन्नुअघिसम्म देउवा गुटमा रहेर राजनीति गरेका र मन्त्रीको अफर पछि गुट बदल्दै कोइरालाल क्याम्पमा छिरेका मीनेन्द्र रिजाल अहिले चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेजस्तै अवस्थामा पुगेका छन्।

मन्त्रीका लागि क्याम्प बदल्दै रातारात कोइराला खेमामा छिरेका यिनै रिजालले महाधिवेशनलगत्तै कोइराला पक्ष कमजोर अवस्थामा पुगेपछि आफू नजिककासँग निराशा व्यक्त गर्न थालेका छन्।

स्रोतका अनुसार, मुस्किलले केन्द्रीय सदस्यमा निर्वाचित भएका रिजालले ‘संस्थापन पक्ष यति छिट्टै कमजोर भयो। अब यो समूहले गरी नखाने भयो, के गर्ने होला ?’ भनेर अहिलेदेखि नै नजिककासँग निराशा व्यक्त गर्न थालेको कांग्रेसभित्र चर्चा हुने गरेको छ।





Comments

comments

Leave a Reply

11942