अर्को वर्षदेखि हङकङका यि आईडी कार्डहरू काम नलाग्ने, के हुन्छ नवीकरण नगरेका हङकङ आईडी कार्ड?

नमूना परिचयपत्र

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १९ जुन। अध्यागमन विभागले मंगलबार दुई चरणमा हङकङको पुरानो स्मार्ट परिचयपत्र २०२५ देखि अमान्य हुने जनाएको छ।

अर्थात Old smart HKID cards लाई अर्को वर्ष २०२५ देखि चरणबद्ध रुपले रद्द गरिने अध्यागमन विभागले जनाएको छ।

सन् १९७० वा पछि जन्मेका व्यक्तिहरूको लागि तिनीहरूको पुराना परिचयपत्र अर्को वर्ष मे १२ देखि अमान्य हुनेछ। त्यसै गरी, सन् १९६९ वा त्यसभन्दा अघि जन्मेकाहरूका लागि तिनीहरूको पुराना परिचयपत्र अक्टोबर १२, २०२५ देखि मान्य हुनेछैन।

नोभेम्बर २६, २०१८ अघि जारी गरिएको स्मार्ट आईडी कार्डहरूलाई पुरानो स्मार्ट आईडी कार्ड मानिन्छ।

नमूना परिचयपत्र

विभागले गत महिनाको अन्त्यसम्ममा पुराना परिचयपत्र भएकामध्ये करिब ९० प्रतिशतले आफ्नो नयां हङकङ आईडी कार्ड बदलिसकेका छन्। तर लगभग १८२,००० मानिसहरूले अझै पनि नयां कार्ड नवीकरण गरेका छैनन्, सम्भवतः तिनीहरू कि त विदेशमा काम गरिरहेका छन् कि त अध्ययन गरिरहेका छन्। विभागले उनीहरूलाई जतिसक्दो चाँडो नयां कार्ड नवीकरण गर्न आग्रह गरेको छ।

अधिकारीहरूले यो पनि भनेका छन् कि पुरानो परिचयपत्र रद्द गर्दा एसएआरको स्थायी बसोबासको अधिकारलाई भने केही असर पार्ने छैन।

  • पशन तमू,
    हङकङ




Comments

comments

119518