Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सञ्चारकर्मी सुर्य चन्दको मंगेतर अर्कैसंग भागेपछि…

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौँ, बरिष्ठ गायक सिताराम पोखरेलको नयाँ म्युजिक भिडियो चाँडै बजारमा आउदै छ।

उनको सम्मान -२ एल्बमबाट “आखा भरि रंगिन सपना सल्बलायो के गरु, तिम्रो रुपले यो मन खलबलायो के गरु” भन्ने गीतबाट उनको म्युजिक भिडियो चाडै बजारमा आउन लागेको हो।

गीतका गीतकार दिपक कौडन्य छन् भने संगीत किरण कंडेलको रहेको छ। गायक सिताराम पोखरेल, संचारकर्मी सुर्य चन्द र मोडेल सुप्रिया कटवालको अभिनय रहेको उक्त म्युजिक भिडियो मल्लाकालीन प्रेम कथामा आधारित छ।

मल्लकालीन राज खानदानको कहानीलाई समेटेर बनाइएको म्युजिक भिडियोमा गायक सिताराम पोखरेल भारदार अर्थात् महारानीको बडीगार्डको रुपमा उक्त भिडियोमा प्रस्तुत भएका छन्।

यसै क्रममा भारदार सिताराम पोखरेल र महारानी (सुप्रिया कटवाल) को माया प्रेम बस्छ। संचारकर्मी चन्दको मंगेतर बनेकी महारानी अन्त्यमा आफ्नो मंगेतरलाई छोडेर भारदारसंग जान्छिन्।

माया प्रेममा सानो ठूलो, जातभात केहि हेरिदैन भन्ने कहानीलाई उत्कृष्ट रुपले म्युजिक भिडियो निर्देशक समन अधिकारिले प्रस्तुत गरेका छन्।

शोभा भगवती, गोदावरी र ललितपुरको नै एउटा कोलोनीमा सुटिङ गरिएको उक्त म्युजिक भिडियो चाडै नै बजारमा आउदै छ।





Comments

comments

Leave a Reply

11954