परिवारको हत्या प्रयासपछि फरार हङकङका एक पुरुष पक्राउ…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ जुन। हङकङ प्रहरीले ट्युन मुनको एउटा फ्ल्याटमा आफ्नी श्रीमती र तीन छोरीलाई कोइला जलाएर मार्ने प्रयास गरेको आरोपमा ४३ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।

संदिग्धलाई बुधबार साँझ मोङ कोकको एक गेस्टहाउसबाट हिरासतमा लिएको हो। उनीमाथि हत्या प्रयासको आरोप छ।

उनकी ४४ वर्षीया श्रीमतीले प्रहरीलाई रिपोर्ट गरेपछि उनी पक्राउ परेको स्थानीय मिडियाले जनाएको छ।

उनका श्रीमती र १३ र १६ वर्ष वीचका तीन छोरीहरू शान किङ एस्टेटको फ्ल्याटमा धुवाँका कारण चक्कर आइरहेको थियो। चारैजनालाई अस्पताल लगिएको र उनीहरुको अवस्था सन्तोषजनक रहेको प्रहरीले बताइएको छ।

कोइला जलाएपछि महिलाका श्रीमानले फ्ल्याट छोडेको आशंका गरिएको छ।

स्रोतका अनुसार मङ्गलबार राति करिब ९ बजे वोङ उपनामका बुबाले पकाएको खाना खाएपछि चारैजनालाई निद्रा लागेको थियो र चाँडै सुत्न गएका थिए।

आर्थिक समस्याका कारण वोङले अपराध गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले यस विषयमा समाज कल्याण विभागले अनुगमन गर्ने बताएको छ।





Comments

comments

120246