उचाइबाट खस्नुअघि प्रेमीलाई टेक्स्ट म्यासेज पठाएकी थिइन् हङकङकी १६ वर्षीया किशोरीले…

उचाइबाट खसेर हङकङकी १६ वर्षीया किशोरीको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ जुन। ताइ युन इस्टेटको भवनबाट खसेर शुक्रवार विहान १६ वर्षीया एक किशोरीले ज्यान गुमाएकी छन्।

एक युवकले आफ्नी प्रेमिकाले आफ्नो ज्यान लिने मनसाय व्यक्त गरेको टेक्स्ट म्यासेज प्राप्त गरेको खबर पाएपछि प्रहरी तथा उद्धारकर्मीहरूलाई सतर्क गराइएको थियो।

प्रहरी तथा उद्धारकर्मी तुरुन्तै ताई पोको ताई युन एस्टेटमा पुगे। तर उनीहरुले ताई लिङ हाउस नजिकै उचाइबाट खसेर उनी अचेत अवस्थामा फेला परेकी थिइन् । प्यारामेडिकहरूले तुरुन्तै उनलाई आकस्मिक उपचारको लागि ताई पोको प्रिन्स अफ वेल्स अस्पतालमा पुर्‍याए, तर पछि उनलाई मृत घोषित गरियो।

घटनास्थलमा कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। हालैका दिनहरूमा ती किशोरीले शैक्षिक कठिनाइहरूको सामना गरिरहेकी थिइन् भन्ने खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

आत्महत्या रोकथाम हेल्पलाइन:
बहुभाषिक हटलाइन 28960000





Comments

comments

120407