हङकङका ओलम्पिक स्वर्ण पदक विजेतालाई ६ मिलियन डलर नगद पुरस्कार दिइने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जुलाई। हङकङका ओलम्पिक स्वर्ण पदक विजेताहरुलाई ६ मिलियन हङकङ डलर नगद पुरस्कार दिइने भएको छ।

यस महिनाको अन्त्यमा पेरिस ओलम्पिकमा हङकङका खेलाडीहरुले सहभागी हुने तयारी गरिरहेको बेला यस्तो घोषणा गरिएको हो।

यो पुरस्कार राशि २०२० टोकियो ओलम्पिकमा दिइएको भन्दा २० प्रतिशत बढी हो। रजत र कांस्य पदक विजेताले क्रमशः ३ मिलियन र १.५ मिलियन हङकङ डलर नगद जित्नेछन्।

टोली स्वर्ण पदक विजेताहरूलाई १० मिलियन दिइएकोमा यस पटक त्यो भन्दाबढि १२ मिलियन हङकङ डलर नगदले पुरस्कृत गरिनेछ।

पेरिस ओलम्पिकमा भाग लिने ३५ जना हङकङ खेलाडीहरूका लागि मङ्गलबार केन्द्रीय सरकारको कार्यालयमा झण्डा प्रस्तुति समारोहमा यो घोषणा गरिएको हो।

प्रतिनिधिमण्डलमा टोकियो ओलम्पिकमा एक स्वर्ण र दुई रजत पदक जितेका फेन्सर एडगर चेउङ का-लङ र पौडीबाज सिओभान हाउगे पनि सहभागी हुदै छन्।





Comments

comments

121409