हङकङमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक पानीको गहिराइमा मृत भेटिए

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जुलाई। आज शुक्रवार दिउँसो १२:२७ बजे एक व्यक्तिले आफ्नो भाइ हिजो बेलुका ताइ पोस्थित प्लोभर कोभ रिजर्भेयर बाहिर डाइभिङका लागि गएको तर अहिलेसम्म नफर्केको र सम्पर्कमा नआएको जानकारी प्रहरीलाई दिए।

प्रहरीले खबर पाएलगत्तै उद्धारकर्ताको टोली घटनास्थलमा पुगेर खोजी सुरु गरे।

दिउँसो करिब २ बजे उद्धारकर्ताहरूको टोलीले पानीको गहिराइमा फेला परेको युवकको शव निकालेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।





Comments

comments

121731