नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा भानुजयन्ती उत्साहकपूर्वक मनाइयो

लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २११औँ भानुजयन्ती पुस्तक विमोचन कवितावाचन र प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रमगरी उत्साहवर्धकरूपमा मनाइयो ।

वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा सम्मान सुशोभित गर्नुहँदै समारोहका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल OBE ले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् 1995 मा नेपाली साहित्य विकास परिषद् युके को स्थापना गरेर बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुर् याएको र इतिहास रचेको चर्चा गर्नु भयो । परिषद्का अध्यक्ष कवि कोमल मल्ल लगायत परिषदका पदाधिकारी लेखकहरू ध्रुव केसी ,गोपाल पौड्याल आदि सर्जकका पुस्तकरू प्रकाशन गरेर परिषदले नेपाली साहित्यको विकासमा थप योगदान पु- याएको चर्चा गर्नु भयो ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनी बारे प्रकाश पार्नुहुँदै भाषा साहित्य विश्लेषक कानुन् विध बुद्धिजीवी विचारक डा.धर्म थापाले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसीक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पु-याएको चर्चा गर्नु भयो । डा.थापाले विश्वलाई नेपालले मानव समाजका लागि अतुलनीय संस्कृति दएको चर्चा गर्नुहुँदै आलोचकहरूले भानुभक्तका केही नारीमा समर्पित उपदेशमुलक कविताहरूको गलत अर्थ्याएर आलोचना गर्ने गरेका छन् यथार्तमा आदिकवि भानुले नारीको सम्मान र अस्मिता रक्षाको पक्षमा ती कविताहरू रचेका थिए जसलालाई सकारात्मक सोचबाट हेर्नु आवश्यक छ भन्नु भयो ।

सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहॅुदै नेपाली पहिचान युगयुग सम्म जिवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ प्रकाश पार्नुभयो ।

यसअघि परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपालीले कोमल मल्लको विमोचित कविता सङ्ग्रह माटोसँग के मागुँ पुस्तक माथि समीक्षा गर्नुहुँदै पुस्तकभित्र कवि कोमलले सिङ्गो देश बोकेका छन् र विसङ्गती विकृती प्रति निडर भएर उभिएका छन् भन्नु भयो । पुस्तभित्र मायाप्रीति देखि देशभक्ति र राष्ट्रीय चिन्तन सम्मका अत्यन्त सटिक मार्मिक कविता गीत र मुक्तकहरू समेटेर एउटा संतुलित साहित्यिक खुराकको रूपमा यो कविता सङ्ग्रह रहेको चर्चा गर्नु भयो । साथै पूर्व अध्यक्ष नेपालीले आदिकवि भानुको योगदान र प्रेणा नेपाली समाजमा अभिन्नरूपले भिजेकोछ भन्नुहुँदै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकाल देखि नै निरन्तर गर्दै आएको चर्चा गर्नुभयो ।

यसैगरी परिषद्का संस्थापक तथा पूर्वअध्क्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले समारोहमा विमोचित ध्रुव केसी को इन्द्रेणी देखि बेलायतसम्म जीवनी र डा.गोपाल पौड्यालको प्रिय चरी खण्ड काव्य पुस्तकहरूवारे समीक्षा गर्नु भएको थियो । वरिष्ठ साहित्यकार शाहले लेखक ध्रुव केसी ले इन्द्रेणी देखि बेलायत सम्म पुस्तकमा आफ्नो जीवनका कलिला पक्ष देखि वर्तमान अवस्थासम्मको समयको गति र जीवन प्रवाह उतारेको चर्चा गर्नुहुँदै देशप्रेमी समाजसेवी सर्जक ध्रुव केसी ले पुस्तकभित्र व्यक्तिगत जीवन पारिवारिक जीवन र सामाजिक जिवन गरी तीन पक्षमा समर्पित आफ्नो जीवनका गतिविधिहरू दस्तावेजमा उतारेर भावि पीँढीलाई प्रेणामूलक अनुकरणीय इतिहास सुम्पेका छन् भन्नु भयो । यसैगरी शाहले डा.गोपाल पौडेलले प्रिय चरी खण्ड काव्यमा एक जोडी चराको दाम्पत्य जीवनको कथा बुनेर सृष्टि र चराचर जगतको अन्तर सम्वन्ध र सौन्दर्यलाई बढो मार्मिक श्लोकहरूमा एउटा दर्शन चित्रण गरेको चर्चा गर्नहुँदै प्रकृतिको रचनामा मानव जगत अरू चराचर जगत जतिकै सौन्दर्य प्रवाहक हुन नसकेको र विनासको कारक वनेकोले प्रकृतिलाई असैह्य बनाएको छ भन्ने सन्देश प्रस्टाएका छन् भन्नु भयो ।
कार्यक्रम सञ्चालन गर्नुहँदै परिषद्की सहअध्यक्ष डा.सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको होइन समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको छ भन्नु भयो । डा. श्रेष्ठले समारोहमा विमोचित तीनवटै पुस्तकहरूले समाजको प्रछाइँलाई समग्रहमा बोकेका छन् बन्नु भयो ।

यसअघि स्वागत मन्तव्य दिनुहँदै परिषद्का सहअध्यक्ष रेशम अर्यालले जसरी समग्रहमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सँधै आदिकवि भानुभक्तलाई सम्झने गर्दछौ र त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौ भने आदिकवि प्रति सच्चा श्रद्धाञ्जलली पुग्दछ भन्नु भयो । सहअध्यक्ष अर्यालले परिषदले यही उद्धेश्य बोकेर परिषद्को स्थापनाकाल सन् १९९५ देखिनै भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नु भयो ।

आदि कवि भानुभक्त आचार्यको तस्बिरमा माल्यापर्णबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नु भएको थियो भने परिषद्का सल्लाहकार तथा पूर्व सहअध्यक्ष डा.गोपाल पौड्यालले भानुभक्तले आफ्ना छोरालाई लेखेको हस्त लिखित चिठी पढेर सुनाउनु भएको थियो ।
यस अघि समारोहमा प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धितलOBE ले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लद्वारा लिखत माटोसँग के मागुँ कवितासङ्ग्रह, वरिष्ठ सहअध्यक्ष लेखक ध्रुव केसी द्वारा लिखित इन्द्रेणी देखि बेलायतसम्म जीवनी पुस्तक र सल्लाहकार वरिष्ठ कवि डा. गोपाल पौडेलद्वारा लिखित प्रिय चरी खण्ड काव्य पुस्तक गरी तीनवटा पुस्तकहरूको विमोचन गर्नु भएको थियो थियो भने परिषद्की सह अध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने र वाचनकालागि कविता पठाउने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसंह थापा, ध्रुव केसी, रेशम अर्याल, रूकमणी मानन्धर, डा. सुधा श्रेष्ठ, डा.गोपाल पौडेल, कोमल मल्ल, सुरेशजंग शाह, घन बहादुर थापा मगर, वासु शर्मा र वासुदेव सापकोटा हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्तमा परिषद्को तर्फबाट अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लबाट समारोहलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुराउनुहुने विशिष्ट पदाधिकारी व्यक्तित्वहरू डा. राघव प्रसाद धिताल OBE तथा डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी,गोपाल पौडेल,टंक भट्टराई महासचिव यति नेपाली एशोसियसन, कोहिनूर मल्ल, ज्ञानेन्द्र राउत ,डा.सुधा श्रेष्ठ र एबिआइ कलेजका प्रोप्राइर डाइरेक्टर तथा परिषद्का सल्लाहकार कृष्ण भट्टमा हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य सहअध्यक्ष रेशम अर्यालबाट र उद्घोषण सहअध्यक्ष डा.सुधा श्रेष्ठ र सभापतित्व अध्यक्ष कोमल मल्लबाट भएको थियो ।





Comments

comments

122208