क्वाई चुङ निर्माणस्थलमा स्काभेटरको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ जुलाई। बिहीबार बिहान एक डम्प ट्रक चालकको स्काभेटरको ठक्करबाट मृत्यु भएको छ।

बिहान करिब ९ बजे क्वाइ चुङको लाइ कङ स्ट्रिटमा रहेको निर्माण स्थलमा उक्त दुर्घटना भएको हो।

स्रोतका अनुसार ४२ वर्षीय चालक आफ्नो ट्रकको पछाडि उभिरहेको बेला उनलाई स्काभेटरले ठक्कर दिएको थियो। ठक्करपछि उनको टाउकोमा गहिरो चोट लागेको थियो।

उनी बेहोस भएर ढलेर घटनास्थलमै मृत घोषित भएका थिए।

औद्योगिक दुर्घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।





Comments

comments

122978