विजय थापा-
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीमा युवा समाजसेवी तथा सफल व्यवसायी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त भएका छन्।
उनलाई एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले जुलाई २३ ,२०२४ देखि जुलाई २३ ,२०२८ सम्मको लागि नियुक्त गरेको हो।
उनलाई ४ बर्षको अवधिको लागि आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त गरिएको छ।
बिभिन्न संघ/संस्थामा आवद्ध कार्की अमेरिकाको पश्चिमी क्षेत्रका युवा समाज सेवी तथा सफल व्यवसायी हुन्।
उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका आएका कार्कीको मूल घर बिराटनगर हो। उनी पेशाले आर्किटेक्ट इन्जिनियर हुन्।
उनको पृष्ठभूमि नै इन्जिनियर भएको र नेपालमा आवास तथा सामुदायिक बिकाशमा योगदान गरेको अनुभवलाई मध्यनजर गर्दै एलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले उनलाई मनोनयन गरेको हो।
यस नियुक्तिले नेपालीहरुले अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्षम हुन्छन भन्ने कुरालाई थप पुष्टी गरेको छ।