Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राष्ट्रपति भण्डारीको भ्रमण रोकिएपछि भारत आश्चर्यमा

काठमाडौं, २५ वैशाख राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित गर्ने सन्देशसँगै भारतीय अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन्।

-

परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौँ, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने ।

राष्ट्रपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो । ‘सन्चोबिसन्चो सोधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरूलाई के भन्ने भन्नेमा पनि समस्या थियो,’ राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने । नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12344