काठमाडौँ, मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन्।
मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले जितेकी छन्।