Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजा ज्ञानेन्द्र र मोदीबीच गोप्य वार्ता

काठमाडौं, नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ। झलक्क हेर्दा असम्भव झैं लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको छ।

-

सो खेल अनुसार नेपालमा राजतन्त्र पुनरस्थापित गर्ने होइन, सम्राटतन्त्र स्थापित गरिनेछ । हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा ज्ञानेन्द्र शाह र हृदयेन्द्र मध्ये को हुन्छन् थाहा छैन तर यही वंशबाट नेपालमा सम्राट स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ । यही डिजाइनअनुसार २०७३ वैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र अचानक भारत गए । दुई रात दिल्ली बसे । अनि ठूलो उत्साह र सपना बोकेर नेपाल फर्किए । साँघु साप्ताहिकले खबर छापेको छ।

पूर्व राजा ज्ञानेन्द्र दिल्ली गएको हाराहारीमै नेपालबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाओवादीका शक्तिशाली नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए । नेपालको जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेनन तर पूर्वरात्रा ज्ञानेन्द्रसँग भने गुप्त रुपमा भेटे ।

ज्ञानेन्द्र शाह निकटहरु बताउँछन्– पूर्वराजा अहिले अत्यन्तै उत्साही भएका छन्, राजाका रुपमा बिदा भएका थिए, अब सम्राटका रुपमा फर्किने वातावरण बन्दैछ । स्रोतहरु भन्छन्– भारतको यसपटकको भ्रमणपछि चाहिँ ज्ञानेन्द्र शाह अत्यन्तै आशावादी भएका छन् ।





Comments

comments

Leave a Reply

12378