Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेजाको अध्यक्षमा आचार्यसहित सम्पूर्ण पद निर्बिरोध

विजय थापा र नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको दोश्रो दिनमा भएको निर्वाचनमा वर्तमान नेजाका महासचिब भोला आचार्य अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले जनाए अनुसार सम्पूर्ण पदमा पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्।

नेजाको पाँचौ अधिवेशन लस एञ्जेल्समा सम्पन्न नेजाको निर्वाचनमा अध्यक्ष भोला आचार्य ,उपाध्यक्षमा गुणराज लुइँटेल तथा महासचिबमा तोयानाथ दाहाल निर्वाचित भएका छन्।

यसै गरि उक्त निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेहरुमा सचिबमा अग्नि चौलागाई तथा कोषाध्यक्षमा शैलेश पोख्रेल रहेकाछन्।

यसै गरि पश्चिम क्षेत्रीय संयोजकमा ध्रुब कुवर ,डिसी मैत्री क्षेत्र संयोजकमा बिष्णु पौडेल शितल,न्यु योर्क क्षेत्र संयोजकमा बिष्णुहरि घिमिरे तथा दक्षिण क्षेत्रीय संयोजकमा किशन रेग्मी निर्बिरोध निर्वाचित भएका छन्।

कार्यकारी सदस्यहरुमा सन्दीप कुमार चौधरी ,बालकृष्ण जोशी ,लेखनाथ गौतम तथा अनुज थापा निर्बिरोध निर्वाचित भएका छन्।

नेजाको पाँचौ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका सभापति डा महेन्द्र विष्टले गरेका थिए।

अधिवेशनको लागि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु मेरील्याण्ड, भर्जिनिया,टेक्सास,कोलोराडो, क्यालिफोर्निया, न्यूयोर्क, नर्थक्यारोलिना, ओक्लोहामालगायत सत्र भन्दा वढी राज्यवाट सहभागीता रहेको थियो।

तस्वीरहरुः ​नातिबाबु भट्ट र विजय थापा / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

12382