ट्रामको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, ट्राम चालक पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ अगष्ट। प्रहरीले खतरनाक सवारी चलाएको आरोपमा ट्राम चालकलाई पक्राउ गरेको छ। साई वानमा बिहीबार बिहान तीन वर्षीया बालिकाको ज्यान लिएको भयानक दुर्घटनामा संलग्न ट्रामका चालकलाई प्रहरीले पक्राउ गरेको हो।

ट्राम बिहान १०.४० बजे केनेडी टाउनको प्रयागमा पूर्वी बाउन्ड ट्र्याकमा यात्रा गरिरहेको थियो। ट्रामले डेस भक्स रोड वेस्ट नजिक सडक पार गरिरहेका चार जना पैदल यात्रुलाई ठक्कर दिएको थियो।

ट्राममुनि फसेकी तीन वर्षीया बालिकालाई क्वीन मेरी अस्पताल लगिएको थियो। उनलाई दिउँसो १२ः३० बजे मृत घोषित गरिएको थियो।

घटनामा ६ वर्षीया बालिका, ३४ वर्षीया महिला र एक ६६ वर्षीय पुरुष पनि घाइते भएका छन् र तिनीहरूलाई सोही अस्पताल पठाइएको छ।

प्रहरीले खतरनाक सवारी चलाएको आशंकामा ४८ वर्षीय पुरुष चालकलाई नियन्त्रणमा लिएर हिरासतमा रााखिएको जनाएको छ।

हङकङ ट्रामवेजले उनीहरुको प्रारम्भिक बुझाइ अनुसार दुर्घटना हुँदा ट्राम सामान्य रुपमा चलिरहेको थियो। घटनापछि चालकलाई निलम्बन गरिएको जनाएको छ।

यातायात विभागले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ट्रामवे सञ्चालकलाई विस्तृत अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न भनेको छ।





Comments

comments

124627