तेस्रोपटक कपाल “ट्रान्सप्लान्ट” गरे सलमानले

केही दिनयता बलिउड अभिनेता सलमान खान र मोडल लुलिया वन्तुरको विवाहको चर्चा चुलिएको छ ।

यो चर्चा सुरु भएसँगै सलमान आमा सलमा र लुलियासँग पनवेलमा आराम गरिरहेका छन् । तर, त्यहाँ यी तीन विवाहको योजना बनाउन गएका होइनन् । त्यहाँ जानुको कारण हो, सलमानले फेरि कपाल ‘ट्रान्सप्लान्ट’ गर्न चाहनु ।

मिडियामा आएका रिपोर्टअनुसार दुबईबाट आएका चिकित्सकले सलमानको सर्जरी गरिसकेका छन् । अब केही दिन सलमान त्यहीँ रहनेछन् । कपाल ट्रान्सप्लान्ट गरेपछि बाहिर घाममा निस्कन नहुने भएकाले उनी त्यहीँ आराम गर्न बाध्य भएको भारतीय मिडियाले जनाएका छन् । सलमानले कपाल ‘ट्रान्सप्लान्ट’ गरेको यो तेस्रोपटक हो । सन् २००३ र २०१२ मा पनि उनले कपाल ‘ट्रान्सप्लान्ट’ गरेका थिए। नयाँपत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12529