Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीयसंग विहे गरेकी नेपाली चेली भइन् अनागरिक

भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्यो । तर उनी अझै अनागरिक छिन् ।

नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेकी थिईन ।कान्तिपुर दैनिकमा समाचार छ ।

‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’, नागरिकता प्राधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने भनेर कुनै सुझाव दिएन।’





Comments

comments

Leave a Reply

12581