फुङलिङमा बन्द र अवरोध निषेध

फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ४५ औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाका अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछ ।

नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे । उनले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दलवा समूहले बन्दको आह्वान नगर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

नेपालीको महान् चाडपर्व नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकको सहज यात्रा गर्न नगरपालिकाले आग्रह गरेको छ । रासस





Comments

comments

125974