Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
उपसभामुख राना स्वदेश फिर्ता – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

उपसभामुख राना स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन् ।

रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उनी शनिबार साँझ स्वदेश फर्किएकी हुन् ।

रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो ।

उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन् । फोरममा सहभागी हुन उनी असोज १ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् । रासस





Comments

comments

126289