एटिएमबाट ३ घन्टामा डेढ अर्ब चोरी, कसरी भयो चोरी ?

पछिल्लो समय संसारभरि एटिएम कार्ड प्रयोगको प्रचलन बढेको छ । सरकारी तथा निजी कमर्सियल बैंकहरूले एटिएम शाखाको सञ्जाल विस्तारलाई जोड दिँदै आएका छन् । एटिएमबाट रकम झिक्ने काम सबैभन्दा सुरक्षित मानिन्छ । तर, गत १४ मेमा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको छ । सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको खबर नयाँपत्रिका दैनिकमा छ ।

चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि
एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ।

सबै घटना टोकियोमै
सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।

चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका
प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ। ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने ।

चोर्न सयभन्दा बढी मान्छे परिचालित
डाटामा के छ ?

जापानमा एकै दिन लाखौँ रुपैयाँ एटिएमबाट निकालिएको यो नै पहिलो घटना होइन । यसअघि सन् २०१२ देखि २०१३ सम्म एटिएमबाट चार करोड डलर चोरी भएको थियो । विभिन्न सहरबाट सो परिमाणको रकम झिकिएको हो । आश्चर्यजनक रूपमा चार करोड डलर निकालिएको एटिएम ओमानबाट जारी भएको थियो ।

चोरीमा दक्षिण अफ्रिकाको एटिएम प्रयोग

अर्बौं रुपैयाँ चोरी गर्ने समूहले दक्षिण अफ्रिकाबाट जारी गरिएको एटिएम कार्ड प्रयोग गरेको खुलेको छ । ‘दक्षिण अफ्रिकामा बनेको एटिएमबाट रकम झिकेको देखिन्छ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली एटिएम सजिलै बनाउन सकिन्छ ।’

प्रत्येक एटिमबाट एक लाख येन
एटिएमबाट रकम निकाल्ने समूहले एक सातादेखि ‘मास्टर प्लान’ बनाएको प्रहरीको भनाइ छ । त्यो समूहले प्रत्येक ट्रान्जिटबाट कम्तीमा एक लाख येन निकालेको छ । उनीहरूले बिहान ५ देखि ८ बजेसम्म आफ्नो योजना सफल पारेका थिए । बिहानमा धेरै चहलपहल नहुने भएकाले उनीहरू रकम झिक्न सफल भएको प्रहरीको भनाइ छ । जापानमा एक दिनमा एक लाख येनसम्म मात्र निकाल्न मिल्छ ।





Comments

comments

Leave a Reply

12650