मुलुकको कार्यकारी प्रमुख मात्रै होइन नेकपा(एमाले)को प्रमुख पनि छन्, सत्ता र शक्तिको प्रमुख पहुँचमा रहेका व्यक्ति हुन्– खड्गप्रसाद ओली ।
कार्यकारी प्रमुख भएका कारण खड्ग ओली यतिखेर चर्चा र परिचर्चामा रहेका छन् ।
तर पार्टीले पद्दतीको ख्याल नगरि एकलौटी रुपमा पार्टी चलाएको भन्दै पूर्व अध्यक्ष झलनाथ खनाल र पूर्व–महासचिव माधवकुमार नेपालले सार्वजनिक रुपमा नै खड्ग ओली विरुद्ध ऐलान छेडेका छन् ।
मदन भण्डारी अध्ययन केन्द्रमा नेपाल र खनाल समूहको योजनामा खोलिएको गैरसरकारी संस्था हो । खड्ग ओली समूहको नाममा मदन भण्डारी फाउण्डेशन सञ्चालनमा छन् । जिल्ला जिल्लामा समानान्तर पार्टी संगठन चलाउने काममा खड्ग ओली लागेका खबर आजको जनआह्वान साप्ताहिकले छापेको छ ।