बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

फाइल तस्बिर।

इनरुवा(सुनसरी) , हालैको हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ।

-

जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो।

हरिनगरमा बाढीले सात वटा विद्यालय, ६ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा ९ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार ६ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ ।

तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। रासस





Comments

comments

127048