सलमान–दीपिका एउटै फिल्ममा

निर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् ।

यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो।

यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् । त्यसो त अहिलेसम्म सन्तोषीले दीपिकासँग यसबारे कुरा गरिसकेका छैनन् । तर, उनले पहिलेदेखि नै फिल्ममा दीपिकालाई खेलाउन मन भएको बताउँदै आएको खबर नउाँ पत्रिका दैनिकमा छ।

हलिउड फिल्ममा व्यस्त भएकाले दीपिकासँग यस विषयमा कुरा भइसकेको छैन । तर, यो प्रस्तावलाई उनले अस्वीकार नगर्ने बलिउडमा अनुमान छ ।





Comments

comments

Leave a Reply

12749