दरबार हत्याकाण्ड अझै रहस्यमै…

आज जेठ १९ गते । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १४ वर्ष पुरा भएर आजबाट १५ वर्ष लागेको छ।

विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन। नेपाल समाचारपत्र दैनिकमा खबर छ।

प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसकेको छ।

सो घटनामा केही पनि भएको छैन । तत्कालिन युवराज दीपेन्द्रले हत्या गरेको भन्ने कुरा छानबिनपछि बनाइएको प्रतिबेदनले जनाएपनि त्यसमा अझै ठूलो जनसमूहलाई आंशका रहेको छ।





Comments

comments

Leave a Reply

12820