उपाधि जितेर जनकपुर बोल्ट्सले रच्यो एनपीएल इतिहास, उत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीलाई ६२ लाखको कार..

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक फाइनलमा जनकपुर बोल्ट्सले इतिहास रचेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले पहिलो एनपीएल उपाधि आफ्नो नाममा गर्न सफल भएको छ।

यस ऐतिहासिक जितसँगै जनकपुर बोल्ट्सले रु १ करोड १० लाखको पुरस्कार राशि हात पारेको छ। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडीको रुपमा झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इभी कार जित्न सफल भएका छन्।

फाइनल खेलमा जनकपुरका लाहिरु मिलान्थाको शानदार ८७ रन र आशिफ शेखको विस्फोटक ३३ रनको योगदानले टीमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो। सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

यस प्रतियोगितामा उपविजेता सुदूरपश्चिम रोयल्सले रु ५१ लाख प्राप्त गरेको छ। साथै, सैफ अली जैबले प्लेयर अफ दि टुर्नामेन्टको रु ५ लाख र ललित राजवंशीले सर्वोत्कृष्ट बलरको रुपमा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्।





Comments

comments

128370