Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

म बिग्रिँदा पार्टी कमजोर भयोः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताएका छन् ।

माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताए ।

‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै माथि पुर्याएर बिगार्ने काम गरेछन,’ उनले भने, ‘दोस्रो संविधान सभाको निर्वाचनपछि मैले आफू बिग्रिएको छ्यांग थाहा पाएँ, अहिले सच्चिने प्रयास गर्दै छु ।’

माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको भन्दै प्रचण्डले विगतको गल्तीबाट अब पाठ सिकेको बताए । उनले अब पार्टीलाई सुदृढ बनाएर लैजानेसमेत बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले प्रचण्डले मधेसलाई धोका दिँदा पार्टी कमजोर बनेको आरोप लगाए । नेपालको आन्तरिक एकताविना राष्ट्रियता मजबुद नहुने भन्दै उनले मुलुकको आन्तरिक एकता मजबुद पार्न पहाड र मधेसका उत्पीडित समुदाय मिल्नुपर्नेमा जोड दिए । त्यही आवश्यकतालाई महसुस गरेर नै अहिले छरिएर रहेका माओवादीबीच एकता भएको उनको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

12867