पोर्चुगल सरकारविरुद्ध नेपालीसहितका आप्रवासीहरु सडक आन्दोलनमा उत्रदै

वाई वि गुरुङ / एचकेनेपाल डट कम –
५ जुन , लिस्बोन – पोर्चुगल सरकारले गत मार्च २१ ,२०१६ गते गरेको आप्रवासी सम्बन्धी नयाँ नियम कार्यान्वयनका लागि ताकेता गरेको छर जस अनुसार सर्भिसेस अफ इस्टेञ्जेइरोस फ़ोरेण्टाइरोस (सेफ)कि नव नियुक्त डाइरेक्टर लुइजा माइया गोन्साल्भेजले उक्त नियममाथि टेकेर गरेको सर्कुलरका कारण गत मार्चदेखि पोर्चुगलमा रहेका हजारौ आप्रवासीहरु जो पोर्चुगलमा आधिकारिक बसोवास गरि पाउँ भनि आबेदन दिनेहरु प्रत्यक्ष मारमा परेका छन् ।

उक्त नियमले बिशेष गरि साउथ एशियन नेपाल ,भारत,बंगलादेस,पाकिस्तान,श्रीलंका, चीन आदि देशका आप्रवासीहरुलाई प्रत्यक्ष असर पारेको छ । गत मार्च भन्दा अगाडि आधिकारिता प्राप्त गरेका व्यक्तिहरु जसको कार्ड आइपुगेको छैन उनीहरुको सम्पूर्ण कानूनी प्रक्रिया समेत पुरा भएको छ । जस्तो ,फ़िङ्गर प्रिन्ट र आवश्यक शुल्क लिएकाहरुको समेत पुनः छानबिन गर्नु पर्ने भन्दै अफिसमा (सेफ)बोलाएर शुल्क फिर्ता गरि २० दिनभित्र देश छोड्ने पत्र समेत दिएको घटनाले पोर्चुगलमा आप्रवासी नीतिमा कडाइ भएको महशुस गरेर पोर्चुगलमा आप्रवासीहरुको हक, अधिकार सम्बन्धी कार्यरत संघ संस्थाहरुसंग समन्वय गर्दै एनआरएनए पोर्चुगलले आगामी जुलाई ३ तारिख तय गरिएको बृहत मार्चपास आन्दोलनका लागि प्रत्यक्ष सहभागी जनाउने कुरा एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमलले जानकारी दिएका छन।

पोर्चुगलमा आप्रवासीहरुका हक ,अधिकारका लागि कार्यरत गैरसरकारी संघ संस्थाहरु सोलिदरिदादे इमिग्रान्ते ,एनआरएनए, एसोएस राकिज्मो,ओल्यो भिबो, जिटिओ आदि संस्थाहरु मिलेर पिआइसि (प्लाटफ़ोर्मा इमिग्रासाओ इ सिदादानिया) आदि संस्थाका प्रमुख रहने गरि एक संयुक्त आप्रवासी मंचको गठन गरेको छ । जुन मंचले बिभिन्न चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जस अनुसार आगामी ८ जुनका दिन पोर्चिगिज पार्ल्यामेण्टका सदस्यहरु पीसीपीका संसदीयदलका नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ भने जुन १९ तारिख (पी ए एन ) बिपक्षीदलका संसदीय नेताहरुसंग ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यसै गरि जुन २० तारिख दिनको ३ बजे गृहमन्त्री तथा सम्बन्धित अधिकारीहरुसंग भेट तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको र आगामी जुलाई ३ तारिख आइतवार दिनको २ बजे राजधानीको व्यस्त मार्तिमुनिज (होटेल मुण्डियाल नजिक) सडक प्रदर्शन तथा मार्चपास गर्ने कार्यक्रम रहेको कुरा अध्यक्ष केसीले जानकारी दिए संगै पोर्चुगलमा बसोवास गर्ने नेपाली आप्रवासीहरुलाई गैरआवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट करिव १ हजार मानिसहरु सडकमा उतार्ने प्रतिबद्धता गरेको कुरा बताए।

(पीआइसी)पोर्चुगलमा कार्यरत आप्रवासी संगठनहरुको मंचका तर्फबाट डेलिगेशन तथा ज्ञापन पत्र बुझाउनका लागी भिम केसी कमल,(एनआरएनए ,पोर्चुगल),आनाबेला रुद्रिगोज(जीटीओ),जोआओ सिल्भा(ओल्यो भिबो),जोज फाल्काओ(एसओएस),टिमोटेओ मासेड़ो (सोलिदरिदादे इमिग्रान्ते )र मान्दिना काजिकास्ताउ गरि ६ जनाको टोली चयन गरिएको छ ।

यो चरणबद्ध आन्दोलनको सुनुवाई भएमा पोर्चुगलमा रहेका हजारौ नेपाली तथा अन्य आप्रवासीहरुलाई राहत मिल्ने छ भने आगामी जुलाई ३ को सडक मार्च पासले आप्रवासीहरुको आवाज र एकता प्रदर्शन गरि पोर्चुगाली सरकारको ध्यानाकर्षण गराउनु अति आबश्यक रहेको कुरा अध्यक्ष भिम केसी कमलले बताउदै पोर्चुगलमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त दिन मार्तिमुनिज सडक मार्च पासमा सहभागी भै आप्रवासी एकता प्रदर्शन गर्न बिशेष अनुरोध गरेको छ।

आप्रवासीहरुको हक,अधिकार सम्बन्धी एनआरएनए पोर्चुगलले पहिलो पटक पोर्चुगलका उच्चसरकारी अधिकारीहरुसंग प्रत्यक्ष भेटवार्ता तथा अन्तरक्रिया गर्ने भएको छ भने लिस्बनका लागि नेपाली अवैतनिक बाणिज्यदूतको नियुक्ति भएको करिव २ वर्ष पुगी सक्दा पनि पोर्चुगलमा रहेका नेपाली आप्रवासीहरुका सम्बन्धमा सरकारी पक्षबाट कुनै पनि उल्लेख्य पहल नगरेको गुनासो बढ्न थालेको छ ।





Comments

comments

Leave a Reply

12880