Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र देउवाविरुद्ध १० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए । आजको राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12888