Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली घरको सहयोगार्थ खेम गुरुङ अमेरिका आउंदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
जुन १० , कोलोराडो । बहुचर्चित गीत “वारी जमुना पारी जमुना”का गायक खेम गुरुङ उत्तर अमेरिकाको विभिन्न शहरमा कार्यक्रम गर्ने उद्धेश्यले अमेरीका आउने भएका छन् ।

कोलोराडोस्थित नेपालीहरुको साझा संस्था नेपाली घरको सहयोगार्थ सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी अमेरिका आउन लागेका हुन् ।

उनलाई अमेरिकाको भिषा दिलाउन नेपाली घरले बिशेष पहल गरेको थियो ।

नेपालीहरुको भाषा, संस्कृति, रहन सहन, भेषभूषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको नेपाली घरले सबै संघ संस्था, समुदाय तथा व्यक्तिसंग हातेमालो गर्दै अगाडी बढ्ने र स्थानीय श्रोत र साधन पहिचान तथा परिचालन गर्ने नीति लिए अनुरुप यस्तो सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

बहुचर्चित युवा गायकको लोकप्रिय गीतसंगै रम्न कार्यक्रम आयोजना गर्न चाहनु हुने महानुभावहरुलाई नेपाली घरले निकट भविष्यमानै सम्पर्क व्यक्तिको नाम तथा नम्बर सार्वजनिक गर्ने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताए। उनले नेपाली घरको संयोजनमा नै सबै कार्यक्रम हुने बताए ।





Comments

comments

Leave a Reply

12982