चिनियाँ राष्ट्रपति असोजमा नेपाल आउने

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताइएको छ।

भारतको गोवास्थित पाणजीमा असोज २८ र २९ गते ब्रिक्सको सम्मेलन हुँदैछ। त्यहाँबाट फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना रहेको नेपालस्थित परराष्ट्र मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै चिनियाँ पत्रिका मर्निङ हेराल्डले जनाएको छ।

‘सन् २०१६ मा चिनियाँ शीर्ष नेतृत्वले नेपाल भ्रमण गर्ने भन्ने हो,’ प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार गोपाल खनालले नागरिकसँग भने, ‘शीर्ष नेतृत्वको भ्रमणबारे छलफल भएको छ तर मिति निश्चित भइसकेको छैन। चिनियाँ राष्ट्रपतिको भ्रमण स्वाभाविक विषय हो।’

नेपालको तर्फबाट चीनसँगको सम्बन्धमा विस्तारमा ऐतिहासिक काम भएको भन्दै खनालले नयाँ उचाइमा पुर्याउन चिनियाँ पक्षबाट भ्रमणको अपेक्षा गरेको बताए। नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता राखेको छ भने चीनले पनि नेपाल भएर दक्षिणमा सम्बन्ध विस्तार गर्न चाहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा चीनसँग पारवहनसहितका सम्झौता भएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

13000