एचकेनेपाल डट कम –
हङकङ, १३ अप्रिल। हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। मङ ककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको चुनौती दिएको थियो।
जवाफी ब्याटिङमा नेपाल १९.३ ओभरमा १७१ रनमा अलआउट भयो। नेपालका लागि बसिर अहमदले ८० रन र नन्दन यादवले ३७ रनको योगदान गरे। कुवेतका लागि सन्दारुवानले ६३ रन बनाए।
प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको नेपाल अन्तिम खेलमा चुक्दा उपाधि कुवेतको पोल्टामा गएको छ।