बेलायती सांसदको हत्या

लन्डन, असार ३ । बेलायती सांसद जो कोक्सको उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा हत्या भएको छ।

राजनीतिक कार्यक्रमको तयारी गरिरहेको बेला ४१ वर्षीया सांसद कोक्समाथि गोली प्रहार भएको थियो ।

गोली लागेर घाइते भएकी सांसद कोक्समाथि आक्रमणकारीले छुरा प्रहारसमेत गरेको थियो। सांसद कोक्सको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक पुस्तकालयमा मिटिङ जारी थियो, बाहिर भइरहेको दुई जनाको झगडालाई सांसद कोक्सले रोक्न खोज्दा उनीमाथि आक्रमण भएको हो। बन्धुकधारीले सांसद कोक्समाथि गोली र चाक्कुले आक्रमण गरेका थिए।

घाइते कोक्सलाई एयर एम्बुलेन्सबाट लिड्सस्थित अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले बचाउन सकेनन् ।

प्रहरीले आक्रमणको अभियोगमा एक ५२ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको छ ।

सन् १९९० पछि बेलायतमा बहालवाला सांसदको हत्या गरिएको यो पहिलो घटना हो । यसअघि नर्दन आइरिश विद्रोहीको आक्रमणमा ईयान गोको मृत्यु भएको थियो । (एजेन्सीको सहयोगमा)





Comments

comments

Leave a Reply

13054