Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चर्चामा आउन मात्र मिस्टर नेपालसंग हट फोटोशुट गराएको होइन – मोडल दीपिका भट्ट

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: राम्रो बन्ने सुन्दर देखिने अनि नाम कमाएर चर्चामा आउने रहर सबैमा हुन्छ त्यो पनि रंगिन संसारमा अनि सिने संसारमा आफ्नो नाम स्थापित बनाएर, सपनाको शहर काठमाडौँ जहाँ दैनिक लाखौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन् दिपिका भट्ट।

बिगत केहि बर्षदेखि मोडलिङमा संघर्ष गर्दै आएकी दिपिका अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । भर्खरै मात्र मिस्टर नेपाल भएका मिस्टर नेपाल २०१६ का बिजेता गणेश अग्रवालसंग हट फोटोशुट गराएकी दिपिकाले चर्चामा आउन मात्र यसो नगरेको उनी बताउछिन्। र अब आउने दिनहरुमा मोडलिङ क्षेत्रलाई ब्यबस्थित गर्न पनि लागि पर्ने बताउछिन्।

अभिनयमा पोख्त दिपिका सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन। चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीप्रतिको आकर्षण पनि हो । उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ अर्थात सिने नगरीमा स्थापित हुन चाहन्छिन।

चितवन पुर्ख्यौली घर भएकी दिपिका भट्ट अहिले सुन्दर शहर भक्तपुरमा बस्छिन। भर्खर २० औ बसन्तमा प्रवेश गर्न लागेकी मोडल दिपिका झट्ट हेर्दा पनि आकर्षण छिन, हाँसी रहने शालीन स्वभाबकी मोडल दिपिका भट्टले केहि एडहरुमा समेत काम गरि सकेकी छिन।

उनी मोडेल मात्र नभएर एक राम्रो गीतकार पनि हुन् भर्खरै मात्र गायिका इन्दिरा जोशी, गायक हिमाल सागर, गायक प्रमोद खरेलको आवाजमा आफ्नो गीत रेकर्ड गराई सकेकी दिपिकाले चाडैनै त्यो गीतहरुको म्युजिक भिडियो समेत निर्माण गर्न लागेकी छिन। र उक्त म्युजिक भिडियोमा आफैले अभिनय गर्ने समेत उनले बताइन।

उनी भन्छिन् त्यसको अलावा यदि कसैबाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने सोचमा पनि छिन। सानै उमेरदेखि अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न अनि कलाकारितालाई माया गर्ने दिपिका भविष्यमा एक सफल मोडेल बन्न रुचाउछिन । नब मोडेल दिपिकाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनी भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ। जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो। एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफू अगाडी बढेको कुरा पनि उनी बताउछिन। बिशेष गरि आफ्नो आमा दिदीदाजुहरुको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी दिपिका मोडेल मात्र नभएर एक कुशल गीतकार पनि हुन्।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13094