राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

File photo

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा क्षितिज थेवेको प्यानल विजयी भएको छ।

-

मतगणनाको परिणाम अनुसार थेवेले ७९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गरे । यसरी १८८ मतको अन्तरले थेवे विजयी भएका हुन्।

यो जितसँगै उनी राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनको नयाँ अध्यक्षको रूपमा निर्वाचित भएका छन्।





Comments

comments

131377