हङकङमा नेपाली दिदीबहिनीहरूद्वारा तीज उत्सव २०२५ भव्यताका साथ मनाइयो

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, २४ अगस्ट। हङकङमा बसोबास गर्ने नेपाली दिदीबहिनीहरूले हरितालिका तीज उत्सव २०२५ लाई भव्यताका साथ मनाएका छन्।

गैरआवासीय नेपाली सङ्घ हङकङ महिला विभाग र नेपाली महिला सङ्घ हङकङद्वारा संयुक्त रूपमा आयोजित यो कार्यक्रम शनिबार इन्डिया क्लबमा सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखक उपस्थित थिए। अन्य अतिथिहरूमा नेपाली वाणिज्यदूत शतिष गुरुङलगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रमको अध्यक्षता नेपाली महिला सङ्घकी अध्यक्ष तथा गैरआवासीय नेपाली सङ्घ आईसीसी महिला सचिव टीका गुरुङले गरेकी थिइन्।

गैरआवासीय नेपाली सङ्घ हङकङका महिला संयोजक सत्या गहतराजद्वारा सञ्चालित उक्त कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ आईसीसी कोषाध्यक्ष अमृता थापा, याउ चिम मङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, गैरआवासीय नेपाली सङ्घ हङकङका अध्यक्ष अनु राई, र प्रमुख अतिथि नेपाली महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखकले मन्तव्य राखेका थिए।

नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले आयोजित यो तीज कार्यक्रममा सहभागीहरूले नेपाली गीत, नृत्य र परम्परागत पहिरनमा सजिएर उत्सवको रौनक थपेका थिए।





Comments

comments

132694