बिहेको १ महिनामै अस्ताए अली, हङकङमा फूड डेलिभरी गर्दा बसले किच्यो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ सेप्टेम्बर २०२५ – क्वुन टङ रोडमा आइतबार राति भएको दुखद सडक दुर्घटनामा २७ वर्षीय पाकिस्तानीमूलका फूड डेलिभरी राइडर अलीको ज्यान गएको छ। अली, गत महिना मात्र विवाह बन्धनमा बाँधिएका थिए।

मृतक अलीलाई आफ्ना आफन्तहरूले “नम्र, इमानदार र असल व्यक्ति” को रूपमा वर्णन गरेका छन्। उनलाई सावधानीपूर्वक र अनुभवी चालकको रूपमा चिनिन्थ्यो, जसले एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल चलाउँदै आएका थिए।

राति ८:३८ बजे अलीको मोटरसाइकल पिङ शेक इस्टेट नजिकै लेन परिवर्तन गर्ने क्रममा केएमबी बससँग ठोक्किएको बताइएको छ। जमिनमा लडिसकेपछि, ५८ वर्षीय लामले चलाएको अर्को बसले उनलाई किचेको थियो। लामलाई खतरनाक ड्राइभिङबाट मृत्यु भएको आशंकामा पक्राउ गरिएको छ।

अली गम्भीर रूपमा घाइते भएका थिए र युनाइटेड क्रिश्चियन अस्पतालमा राति ९:१२ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो।

उनका काकाले पत्रकारहरूसँग कुरा गर्दै परिवारले यो दुर्घटना कसरी भयो भनेर बुझ्न नसकेको उनले बताए। उनकी बहिनीले आँसु झार्दै भनिन्, “मेरो दाइले विगत दुई वर्षदेखि हङकङमा बारम्बार भ्रमण गरेका थिए र गत महिना विवाहपछि यहाँ स्थायी रूपमा बस्न आएका थिए।”

परिवारले घटना भएको बेलाको बसको क्यामेरा फुटेज माग गरेका छन्।

केएमबीको एक प्रवक्ताले दुवै बस चालकहरूको ड्राइभिङ ड्यूटी अस्थायी रूपमा निलम्बन गरिएको र कम्पनीले प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।





Comments

comments

133177