काठमाडौं, २ असोज २०८२ – गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी प्रमुख परिवर्तन गरेको छ। यसअघि उक्त पदमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई हटाएर एसएसपी रमेश थापालाई नयाँ जिम्मेवारी दिइएको छ।
एसएसपी थापा हाल प्रहरी प्रधान कार्यालयको सहप्रवक्ता तथा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। पछिल्लो आन्दोलनमा काठमाडौं प्रहरीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै यो परिवर्तन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
यसअघि परिसरका दुई प्रहरी उपरीक्षक (एसपी) को पनि अन्यत्र सरुवा भइसकेको छ।