आज संविधान दिवस मनाइँदै

फाइल फोटो

काठमाडौं, ३ असोज २०८२ । नेपालको संविधान दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ।

सरकारी तथा निजी कार्यालय, राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाहरूले विशेष कार्यक्रम आयोजना गरेका छन्। बिहान टुँडिखेलमा हुने मुख्य कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्।

२०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी गरेका थिए । यससँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो।

संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नेतृत्वमा निर्माण भएको यो संविधान कार्यान्वयनमा आएको आज १० वर्ष पूरा भएको छ। यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याइँदैछ।





Comments

comments

133221