नेपाली जनसम्पर्क समिति अमेरिका विशेष महाधिवेशनको पक्षमा

अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले एक विज्ञप्ति जारी गर्दै यही असोज २६ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट पार्टीको मंसिर महिनाभित्र नियमित अधिवेशन गर्ने र त्यो सम्भव नभएमा विशेष महाधिवेशनमा जाने निर्णय बैठकबाटै गराउन केन्द्रीय कार्यसमितिलाई विशेष अनुरोध गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ कोर्सको सुरुवात भएकोले यसलाई सम्बोधन गर्न वर्तमान नेतृत्वबाट सम्भव नहुने विज्ञप्तिमा उल्लेख छ। महासचिव नेम्बाङले त्यसका लागि कांग्रेस पार्टीभित्र नीति, नेतृत्व र संगठनमा आमूल परिवर्तन आवश्यक भएको जनाएका छन्।

विशेष महाधिवेशन गरेर परिवर्तित नीति र नेतृत्वसहित कांग्रेसले संविधान, व्यवस्था र देश जोगाउनका लागि घोषित आम निर्वाचनमा सहभागी हुनुपर्ने धारणा नेम्बाङले विज्ञप्तिमार्फत व्यक्त गरेका छन्। इतिहासको कठिन मोडमा उभिएको कांग्रेसले मंसिर महिनाभित्र नियमित अधिवेशन नभए विशेष महाधिवेशन गरेर पार्टीको नीति र नेतृत्वमा व्यापक परिवर्तन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वसँग अन्तिम विकल्प रहेको नेम्बाङको विज्ञप्तिमा उल्लेख छ।

नियमित अधिवेशन नभए विशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय बैठकबाट गराउनु नै उत्तम विकल्प भएकोले यसलाई अभियानका रूपमा अगाडि बढाउन र गराउन विश्वभरका जनसंपर्क समितिका नेतृत्व, महासमिति र महाधिवेशन प्रतिनिधिहरू, जनसंपर्क समितिका साथीहरू र देशभरका नेतागण तथा सम्पूर्ण कांग्रेसजनलाई नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले विज्ञप्तिमार्फत अभियानमा जुट्न हार्दिक आह्वान गरेका छन्।





Comments

comments

133566