Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चिनीयाँ राष्ट्रपति नेपाल आउंदा एक सिंगे गैँडा उपहार दिइने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चिनीयाँ राष्ट्रपति नेपाल आउंदा एक सिंगे गैँडा उपहार दिइने

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा दुई जोडी एक सिंगे गैँडा उपहार दिइने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई भाले–पोथी दुई जोडी एकसिंगे गैँडा दिने निर्णय गरेको हो ।

चीनको स्वतन्त्रता दिवसको अवसर पारेर १ अक्टोबरमा उपहार दिइने योजना बनाइएको वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटाले जानकारी दिए । चीन सरकारको विशेष अग्रहमा नेपालले गैँडा उपहार दिन लागेको मन्त्री सापकोटाले बताए । उनले भने, ‘यस निर्णयले नेपाल–चीन दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने अपेक्षा लिएका छौँ ।’

मन्त्री सापकोटाले गत १३ जनवरीमा गरेको चीन भ्रमणका अवसरमा चिनियाँ वनमन्त्री चाङ च्याङलोङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तामा चाङले नेपालसमक्ष एकसिंगे गैँडा विशेष उपहार मागेका थिए । त्यही चाहनाका आधारमा गैँडा उपहारको प्रस्ताव मन्त्री सापकोटाले मन्त्रिपरिषद्मा लगेका हुन् ।

नेपालले योभन्दा पहिला भारतलाई २०४२ सालमा दुई जोडी गैँडा दिइसकेको छ । नेपालले भारत, चीनसहित नौवटा देशलाई गैँडा उपहार दिइसकेको छ । नेपालले सबैभन्दा पहिला अमेरिकालाई ८ जेठ २०४४ मा गैँडा उपहार दिएको थियो ।

एक देशमा नभएको जनावर अर्को देशलाई उपहार दिने विश्वव्यापी रूपमा चलेको रोटेसन रहेको गैँडाविज्ञ डा.नरेश सुवेदीले बताए । एक देशमा मात्र भएको जनावर सखाप भएको अवस्थामा अर्को देशबाट भोलि पनि ल्याउन सकिने भएकाले यस्तो प्रक्रिया चलाइन्छ । यस्ता खालमा जनावर अवलोकनका लागि चिडियाखाना र खोज अनुसन्धानमा प्रयोग गरिन्छ । नेपालमा हाल ६ सय ४५ वटा गैँडा रहेका छन् । गैँडा हस्तान्तरणले अन्तर्राष्ट्रिय रूपमा सम्बन्ध सुधारमा ठूलो टेवा पु¥याउने गरेको छ । नेपालबाट यसरी गैँडा गायत अरू जनावर पनि उपहार दिइँदै आएको छ ।

नेपालबाट काठको खोरमा राखेर बोइङ जहाजमार्फत गैँडा चीन पठाउन सकिने गैँडाविज्ञ डा.नरेश सुवेदीले बताए । गैँडालाई बेहोस बनाएर खोरमा राखेर पठाउन सकिने उनको भनाइ छ । सुवेदीले भने, ‘गैँडालाई बेहोस बनाएर बोइङमा राखेपछि होसमा आउन औषधि खुवाउनुपर्छ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

13439