सहारा यूके अध्यक्षमा शारदा गुरुङ

पोखरा । सहारा यूकेको वार्षिक साधारणसभा तथा अधिवेशनले शारदा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

शनिबार यूकेमा भएको अधिवेशनले कार्यसमिति उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ र सहकोषाध्यक्षमा कुमार थापालाई निर्वाचित गरेको हो । यसैगरी, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा संयोजकमा अजयजंग थापा छन्।

कार्यसमिति सदस्यमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मनोज गुरुङ, मिलन तमु र मेग गुरुङ चयन भएका छन्।

सहारा क्लब पोखराको शाखाको रूपमा स्थापित सहारा यूकेको यो नवौं कार्यसमिति हो।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख आयुक्त महेश गुरुङ, आयुक्तहरू एकेन्द्र गुरुङ र ज्ञाम गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।

निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्त थिए ।
नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सहारा यूकेलाई आफ्नो उद्देश्यअनुरूप अगाडि बढाउन कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि, उद्घाटन सत्रमा महासचिव क्याप्टेन पीताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्षहरू दिलीप गुरुङ, मीनबहादुर गुरुङ (साइँला), कुमार गुरुङ र लेप्टेन कुसाङ गुरुङले शुभकामना एवं सुझाव दिएका थिए । सहकोषाध्यक्ष जगन गुरुङले सहारा यूकेको अक्षयकोषबारे जानकारी दिएका थिए। कार्यक्रम सञ्चालन महासचिव क्याप्टेन पीताम्बर गुरुङले गरेका हुन्।





Comments

comments

134767