घरभित्र १ केजीभन्दा बढी सुन गाडेर राखेका माझी पक्राउ

मेलम्ची, असार ३० । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाहुनेपाटीबाट एक केजीभन्दा बढी सुन र चार केजीभन्दा बढी चाँदी बरामद भएको छ ।

जालपा ज्वेलर्सका सञ्चालक दीपक माझीको सुन पसल र उनकै घरमा गाडेर राखेको अवस्थामा काठमाडौंको महानगरीय प्रहरी वृत्त, स्वयम्भू, अपराध अनुसन्धान महाशाखा, हनुमानढोका र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले गरेको अनुसन्धानपश्चात् उक्त परिमाणको सुन र चाँदीसहित माझीलाई बुधबार पक्राउ गरिएको हो।

त्यसै विषयमा इलाका प्रहरी कार्यालय मेलम्चीसँग बुझ्न खोज्दा सो घटनाको थप अनुसन्धान भइरहेकाले त्यसबारे अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिनसकिने इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा पहिलोपटक प्रहरी उपरीक्षकको दरबन्दी व्यवस्था भएपछि जिल्लामा हुने तस्करी एवम् आपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ। (रासस)

फाइल फोटो





Comments

comments

Leave a Reply

13482