न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ डिसेम्बर । हङकङ अब्जरभेटरीका अनुसार हङकङमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ।
ताइवानको यिलान काउन्टी नजिकको समुद्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि हङकङमा पनि भूकम्पको धक्का महसुस गरिएको हो।
गए राति ११:०५ बजे गएको यो भूकम्पको केन्द्र यिलान काउन्टी हलदेखि ३२.३ किलोमिटर पूर्वमा ७२.८ किलोमिटर गहिराइमा थियो।
समाचारहरुमा ताइपेई, न्यू ताइपेई र यिलानमा झट्का स्पष्ट महसुस भएको जनाएको छ। तर अहिलेसम्म ठूलो क्षति वा हताहतको खबर आएको छैन। यिलानमा तीन हजारभन्दा बढी घरमा छोटो समय बिजुली गएको थियो।
हङकङ अब्जरभेटरीले पनि सयौं नागरिकबाट भूकम्पको धक्का महसुस भएको रिपोर्ट प्राप्त गरेको जनाएको छ।


