खुल्ला पुरुष भलिबल कतारको उपाधि थ्री स्टार स्याङ्जालाई

बिल गुरुङ / एचकेनेपाल डट कम –
१३ जुलाई दोहा, कतार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–अल–फितरको अवसरमा कतारवासी नेपाली पुरुषहरुको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

कुल २ लाख ५ हजार नेपाली रुपैयाँ नगद राशी र अन्य आकर्षक ट्रफि र मेडल सहितको पुरस्कार राखिएको उक्त प्रतियोगिता तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिको आयोजनामा सम्पन्न भएको हो । जम्मा ३२ समुहले भाग लिएको उक्त भलिबल प्रतियोगिता गत ६ जुलाई बुधवार साँझबाट सुरु भएको थियो भने गत ९ जुलाई शनिवार बिहान मात्रै सम्पन्न भएको थियो ।

तमू खेलकुद समितिका अध्यक्ष सुर्य गुरुङको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष बिनेश तामाङ प्रमुख अतिथि थिए । समाजका केन्द्रिय अध्यक्ष खेम गुरुङले कार्यक्रम वारे प्रकास पार्दै सहभागि सबैलाई मन्तब्य मार्फत स्वागत गरेका थिए । केन्द्रिय महासचिव खुशीमान गुरुङद्वारा सञ्चालित कार्यक्रममा समाजका सकृय सदस्य स्व.बिबेक गुरुङको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो । दुखद विषय के रह्यो भने ६ जुलाई बिहान स्व.बिबेक गुरुङ आफनै बिस्तारामा मृत भेटिएका थिए ।


प्रथम पुरस्कार १ लाख रुपैयाँ थ्री स्टार स्याङजा समूहको पोल्टामा ः

पछिल्लो चरणमा कतारमा बलियो र अब्बल टिमको रुपमा आफुलाई स्थापित गरेको थ्रि स्टार स्याङजा समुह नै प्रतियोगिताको बिजेता बन्यो । बिजेता टिमले नगद एक लाख नेपाली रुपैया“, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कास्की आदर्श सेवा समाज कतारको टिमले दोश्रो स्थान सुरक्षित गर्दै साठी हजार रुपैया“ नगद, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यसरी नै टाईटल दाबेदार मध्यको आयोजक टिम तमू (गुरुङ) समाज, कतार (ए) टिमले भने तीस हजार रुपैया“ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरि तेश्रो स्थानमा चित्त बुझाउनु प¥यो भने पन्ध्र हजार रुपैया“ नगद, मेडल र प्रमाणपत्र सहित पर्वत स्पोर्टस समुहले चौथो स्थान प्राप्त गर्यो ।


बिबेक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित ः

प्रतियोगिता अवधिमा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै आफनो टिमलाई बिजय गराउन महत्वपुर्ण भुमिका खेल्न सफल खेलाडीहरुलाई बिभिन्न बिधाबाट पुरस्कृत गरिएको थियो । थ्रि स्टारका बिबेक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । थ्रि स्टार कै खेलाडी द्वय पहल घर्ती मगर सर्वोत्कृष्ट ब्लकर र मिलन गुरुङ सर्वोत्कृष्ट सर्बिसर घोषीत भएका थिए । त्यसै गरि कास्की आदर्श सेवा समाज कतारका खेलाडी द्वय दुर्गा भित्रकोटी सर्वोत्कृष्ट सटर र मनोज सुनार सर्वोत्कृष्ट लिब्रो घोषित भए । त्यसै गरि तमू समाज कतार (ए) टिमका कृष्ण लामिछाने सर्वोत्कृष्ट लिफटर र पर्वत स्पोर्टसका प्रकाश दर्जी सर्वोत्कृष्ट डिफेन्सर घोषीत भए । उपाधि बिजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । राष्ट्रिय रेफ्रि मोहन गुरुङको नेतृत्वमा रहेको निर्णायक टिमले उत्कृष्ट खेलाडीहरुको छनौट गरेका थिए । अन्य निर्णायकहरुमा लालकाजी गुरुङ, सुर्य थापा, निल गुरुङ, अर्जुन जिटी साथै लाईन्समेनहरुमा तमराज गुरुङ, बिर्ख गुरुङ, ज्ञानु गुरुङ र बिनोद गुरुङ थिए ।

औपचारिक कार्यक्रम ः
भलिबल खेल नेपालीहरुको पृय खेल हो । कतारमा बिभिन्न समयमा यस्ता खालका प्रतियोगिताहरु भई रहन्छन । विशेषत बिभिन्न चाड पर्व लगायतका बिदाका समयमा आयोजित यस्ता कार्यक्रमले नेपाली खेलाडीहरु मात्रै नभएर समग्र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध बिकास गर्न र आपसमा आत्मियता बढाउन समेत मद्धत गर्छ । तमू समाज कतारले बिगतदेखि नै यस्ता खालका प्रतियोगिताहरुको सफल आयोजना गर्दै आएको र यस वर्षको ईदको अवसर पारेर आयोजित यो कार्यक्रम पनि भब्यताका साथ सफल भएको छ । सफल कार्यक्रम आयोजना गरेर नेपालीहरु बिचको सम्बन्धलाई अझ मज्बुत बनाउन सहयोग गरेकोमा समाजलाई धन्यवाद सहित आउने दिनमा अरु सफलताको लागि हार्दिक शुभकाना ब्यक्त गरिएको थियो । यसरी शुभकामना ब्यक्त गर्ने ब्यक्तित्वहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी, समाजिक अभियन्ता तथा नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुबेदी, लम्जुङ सेवा समाज कतारका अध्यक्ष बिष्णु श्रेष्ठ आदि थिए । प्रतियोगिता हेर्न नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष शनिकुमार ओली, नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति गणेश बञ्जाडे, सामाजिक अभियन्ता क्रान्ति सिंह, गोरखा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्ट, बसन्त फिल्मस प्रा.लि.का प्रबन्ध निर्देशक ईश्वर काफले, कान्तिपुर गल्फ साप्ताहिक अरब ब्युरो ईन्चार्ज होम कार्की लगायत ठूलो संख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिताको उदघाटन जुलाई ६ तारिख बुधवार ः

जुलाई ६ तारिख बुधवार सा“झ सिल्ड स्टिल कम्पनीको क्याम्प स्थित खेल मैदानमा कार्यक्रमको प्रमुख अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङले ब्यानर अनावरण गर्दै भलिबल रेफ्रिलाई हस्तान्तरण गरि प्रतियोगिताको बिधिवत उदघाटन गरेका थिए । विशेष अतिथिहरुमा समाजका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, संरक्षक सदस्य द्वय रामबहादुर गुरुङ र बुधबल गुरुङ, निर्देशक सल्लाहकार कृष्ण गुरुङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियारमा चौधरी, ब्यवसायी प्रकाश गुरुङ, समाजिक अभियन्ता क्रान्ति सिंह, नेपाली सम्पर्क समितिका प्रमुख सल्लाहकार बिमल सुबेदी, लगायत थिए । अतिथिहरुमा नेपाली जन प्रगतिशिल मञ्च कतारका अध्यक्ष शनीकुमार ओली, बसन्त फिल्मस प्रा.लि.का प्रबन्ध निर्देशक ईश्वर काफले, अन्तरराष्ट्रिय नेपाली समाज (नया“ शक्ती) का बि.बि.खरेल, नेपाल मगर संघ कतार शाखाका कोषाध्यक्ष केशव घर्ती मगर, नेपाल प्रवासी तामाङ समाजका द्वित्तीय उपाध्यक्ष तेजबहादुर तामाङ, नेपाल प्रवासी भुजेल समाजका प्रथम उपाध्यक्ष मिलन भुजेल, गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, लम्जुङ सेवा समाजका अध्यक्ष बिष्णु श्रेष्ठ, पर्वत सेवा समाजका अध्यक्ष चन्द्रकान्त शर्मा, धनकुटा सेवा समाजका कार्यवाहक अध्यक्ष ललित लिम्बु, चितवन यूवा समुहका अध्यक्ष भुमिराज कार्की, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिडी मगर, ओखलढुङगा सेवा समाजका अध्यक्ष अशोक सिङदन, अर्घाखा“ची सेवा समाजका अध्यक्ष यूवराज पाण्डे, पर्वत सेवा समाजका प्रतिनिधि बालसिंह, तमू प्ये ल्हु संघ, कतार शाखाका अध्यक्ष युद्धजंग गुरुङ, नेपाली कला केन्द्रका सचिव कृष्ण उप्रेती, नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति गणेश बञ्जाडे, कान्तिपुर गल्फ साप्ताहिक अरब ब्युरो ईन्चार्ज होम कार्की, राजधानी अन्तरराष्ट्रिय साप्ताहिकका प्रतिनिधि दिलबहादुर रानाभाट, सिल्ड स्टिल कम्पनीका प्रतिनिधि क्याम्प स्टोर ईन्चार्ज अमृत राना लगायत थिए ।

प्रतियोगिताको समापन जुलाई ९ तारिख शनिवार ः
जुलाई ६ तारिख बुधवार सा“झ सुरु भएको भलिबल प्रतियोगिता जुलाई ९ तारिख शनिवार बिहान मात्रै सम्पन्न भएको थियो । प्रतियोगिताका अन्तिम दिन शनिवार बिहान बिजेता टिम, खेलाडी र अफिसियल सबैलार्य पुरस्कार बितरण गरेको थियो । कार्यक्रमको प्रमुअ अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ, सामाजिक अभियन्ता बिमल सुबेदी, समाजका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, संरक्षक द्वय रामबहादुर गुरुङ र बुधबल गुरुङ, केन्द्रिय अध्यक्ष खेम गुरुङ लगायत केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति थियो । तमू खेलकुद समितिका अध्यक्ष सुर्य गुरुङले कार्यक्रमको समापन गर्दै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए।

कार्यक्रम प्रायोजन सहयोगीहरु ः
समाजको संरक्षक समिति र सल्लाहकार समितिले द्वित्तीय पुरस्कार राशि नगद ६०,०००÷– प्रायोजन गरेका थिए । पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण गुरुङ र कोषाध्यक्ष नरबहादुर गुरुङले तृत्तीय पुरस्कार राशी नगद रु.३०,०००÷– प्रायोजन गरेका थिए । त्यसरी नै केन्द्रिय अध्यक्ष खेम गुरुङ र पुर्वाञ्चल सम्पर्क समितिले चौथो पुरस्कार राशी रु.१५,०००÷– प्रायोजन गरेका थिए । तमू सांस्कृतिक परिवारका अध्यक्ष तथा तमू खेलकुद समितिका सल्लाहकार मदन गुरुङले बिजेता टिमहरुलाई दिईएको ट्रफि (कप) र ३ वटा मिकासा भलिबल, पश्चिमाञ्चल सम्पर्क समितिका सदस्य बिर्ख गुरुङले नगद राशीको चेक छपाई, तमू खेलकुद समितिका अध्यक्ष सुर्य गुरुङले प्रथम र द्वित्तीय टिमलाई प्रदान गरिएको मेडल, केन्द्रिय महासचिव खुशीमान गुरुङले तेश्रो र चौथो टिमलाई प्रदान गरिएको मेडल, केन्द्रिय सदस्य तोपमान गुरुङले एउटा नेत, २ वटा भलिबल, एउटा पम्प, एउटा स्कोर बोर्ड, २ वटा सिठ्टी, सल्लाहकार सदस्य धनराज गुरुङले दुई टिमका खेलाडीहरुलाई जर्सी (रातो), केन्द्रिय सदस्य कर्म गुरुङले अफिसियलको लागि जर्सी (निलो), केन्द्रिय कोषाध्यक्ष धनबहादुर गुरुङले सिठ्ठी, क्याप्टेन बेण्ड र मेडलमा संस्थाको लोगो प्रिण्ट, केन्द्रिय सदस्य रामबहादुर गुरुङले जर्सीमा रबर प्रिण्ट, द्वित्तीय उपाध्यक्ष भाईकाजी गुरुङले समाजको लोगो अंकित खादा, पुर्व केन्द्रिय सदस्यहरु पर्शुराम गुरुङ, बिष्णु गुरुङ, जसबहादुर गुरुङले पिउने पानी ६ कार्टुन (सानो बोटल), तमू प्ये ल्हु संघ, शाखा कतारले पिउने पानी ५ कार्टुन (सानो बोटल), कृष्ण उप्रेतीले कतारी रियल ५०६÷– र बिमल सुबेदीले कतारी रियल १००÷– को प्रायोजन सहयोग गरेका थिए । साथै महिला बिभाग संयोजक टौमाया तमूस्यो, कोषाध्यक्ष डिलकुमारी तमूस्यो, सदस्यहरु अरुणा तमूस्यो, माया तमूस्यो लगायतबाट प्रतियोगिता अवधिमा खेलाडी, अफिसियल र स्वयंसेवकहरुको लागि सेल रोटि र तरकारीको अचार उपलब्ध गराईएको थियो ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13488