हङकङको क्याम्पस भवनबाट खसेर विद्यार्थीको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ फेब्रुअरी। हङकङको मङ कोक क्याम्पसमा रहेको टुङ वाह कलेजमा एक २४ वर्षीय विद्यार्थीको मङ्गलबार राति भवनबाट खसेर मृत्यु भएको छ।

प्रहरीले शान्तुङ स्ट्रिटमा रहेको चेङ चिन लान हङ भवनबाहिर सडकमा एक पुरुष लडेको अवस्थामा फेला परेको रिपोर्ट प्राप्त गरेको थियो। घटनास्थलमा पुगेका आपतकालीन टोलीले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

थर वङ रहेको र मृतक सो कलेजका विद्यार्थी थिए। प्रहरीको अनुसन्धानमा उनले क्याम्पसको प्लेटफर्मबाट खसेको पाइएको छ। घटनास्थलबाट सुसाइड नोट फेला परेको छ।

बुझिएको अनुसार, उनी शैक्षिक समस्याबाट पीडित थिए।





Comments

comments

135399