हङकङ महिला प्रहरी इन्स्पेक्टरको गोली लागेर मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ फेब्रुअरी। क्वुन टोङ प्रहरी स्टेशनको हतियार कोठामा एक महिला प्रहरी इन्स्पेक्टरको गोली लागेर मृत्यु भएको छ। यो घटना आज बिहान भएको हो।

स्रोतका अनुसार, उनलाई सहकर्मीहरूले फेला पारेका थिए। गोली लागेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।

प्रारम्भिक अनुसन्धानले यो आत्महत्या हुन सक्ने संकेत गरेको छ, तर घटनाको स्पष्ट कारण भने खुलेको छैन।

प्रहरीले यो घटनाको छानबिन सुरु गरेको छ।





Comments

comments

135756