नेपाली खेलाडीलाई अमेरिकामा २ राष्ट्रिय स्वर्ण पदक

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन। अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा भइरहेको युएसए मास्टर्स गेम्स राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन्।

राष्ट्रिय खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ काताको सिर्जना गर्न सफल भएका छन्।

यस्तो प्रकारको फ़ाङ्ग गरेर किर्तिमान अहिलेसम्म विश्वमै कसैले नगरेको ठकुरीले दाबी गरे। जुलाई २१ देखि शुरु भएको युएसए मास्टर्स प्रतियोगिता ३१ तारिख सम्म चल्ने छ।

यो राष्ट्रिय खेल पहिलो पटक यसै बर्ष सन् २०१६ बाट सुरु गरिएको हो भने हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएको छ।राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बललगायत अन्य चौबिस खेलहरु समाबेश गरिएका छन्।

ठकुरीले २ मिनटको समयभित्र पम्परागत तेन्सो कातालाई सृजना गरेका हुन्। ठकुरीले अहिलेसम्म १२ स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन्। जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन्।

ठकुरीले दाबी गर्दै फ़ाङ्ग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धतासहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेको बताए । ठकुरीले हरेक खेलमा नेपालको झण्डा फरफराउने गरेका छन्।





Comments

comments

Leave a Reply

13604