हङकङमा उपन्यास ‘खाम्योक’ को विमोचन

–

पशन तमू र जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम –
हङकङ, २६ जुलाई। हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा जानु काम्बाङकृत उपन्यास ‘खाम्योक’ को एक विशेष समारोहका बीच भव्य रूपमा लोकार्पण गरिएको छ।

–

जोर्डनस्थित एभरेष्ट रेष्टुरेन्टमा गत २६ जुलाई २०२२ का दिन उक्त विमोचन कार्यक्रम सम्पन्न भएको हो।

किरात चक्थुम चुम्लङ हङकङका अध्यक्ष र शमशेर तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष अनु राई र डिस्ट्रिक्ट काउन्सिलर (याउ सिम मोङ डिस्ट्रिक्ट) अरुणा गुरुङ लगायतका व्यक्तित्वहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।

–

संयोजक जुनु रानाको अध्यक्षतामा अघि बढेको सो समारोहलाई सह-संयोजक रोशन यक्सोले सञ्चालन गरेका थिए।

कार्यक्रमको सुरुवातमा सुनिता गिरीले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने टंक तुम्बाहाङ्फे, अनु राई, अरुणा गुरुङ र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले कृतिको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

–

साहित्यिक जमघट तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिएको उक्त समारोहमा राजकुमार राई, बालिका बान्तवा, भूपेन्द्र चेम्जोङ र व्रजकुमार राई लगायतका स्रष्टाहरूले आ-आफ्नो प्रस्तुति तथा भनाइहरू राखेका थिए। हङकङमा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम थप भव्य बनेको थियो।

–




Comments

comments

140027