पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त

काठमाडौँ । विशेष अदालत काठमाडौँले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई रु १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेता कार्कीसहितका प्रतिवादीविरुद्ध रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० र बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। रासस





Comments

comments

140242