सरकारी बक्यौता असुली

फाइल फोटो

बागमती। लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता रु १० करोड असुली भएको छ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो।

औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ। हेटौँडा औद्यागिक क्षेत्रमा कूल १४७ वटा उद्योग छन्। कार्यालयले बक्यौता नबुझाएका ६० भन्दा बढी उद्योगको लाइन काटिदिएको छ।

अदालतको आदेशअनुसार रु ११ करोड बक्यौता उठ्नुपर्नेमा रु १० करोड असुली भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए। रासस





Comments

comments

140333